इटहरी । नेकपा माओवादी केन्द्रको प्रदेश १ को सम्मेलनले सदस्यको निर्वाचन सकेर पदाधिकारी टुङ्ग्याउनको लागी छलफल सुरु भएको छ ।
यसै क्रममा यति बेला कोषाध्यक्ष पदको चर्चा बढिरहेको छ । अखिल क्रान्तिकारीका पूर्व उपाध्यक्ष प्रदेश १ का युवा नेता मदन चुडालले कोषाध्यक्षमा दाबी गरे सँगै उनी चर्चामा आउन थालेका हुन ।
चुडाल युवा विद्यार्थी माझ लोकप्रिय भएका कारण यति बेला उनी निकै चर्चामा रहेका छन् । चुडालले पाटीमा योगदान गर्न र पदको मर्यादा बचाउन आफ्नोकोषाध्यक्षमा दाबी रहेको बताएका छन् ।
पदाधिकारीमा रहेर माओवादीको सङ्गठनात्मक गतिलाई प्रभावकारी बनाउने रणनीतिमा चुडाल रहेका छन्। उनी लामो समयदेखि पाटीको मूलधारमा कटिबद्ध भएर खटिएका युवा नेता हुन्।
‘