चलचित्र ‘पासो’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

न्युजलय २७ कार्तिक २०७९, आइतबार ०३:४६ मा प्रकाशित

काठमाडौं । चलचित्र ‘पासो’को ट्रेलर सर्वजनिक भएको छ ।

ट्रेलरमा दुई मिल्ने साथीलाई एक अपराधिक समुहले अपहरण गरेपछि उनीहरूले बाँच्नका लागि गरेको संघर्ष लाई देखाइएको छ । चलचित्रमा रिस्ता बस्नेत र सुनिशा बजगाईं मुख्य भूमिकामा रहेका छन् ।

यस चलचित्रमा रिस्ता र सुनिशासँगै रामकुमार बस्ताकोटी, प्रतीक दुलाल र प्रणव आकाशको पनि अभिनय रहेको छ ।

बी.आर इन्टरटेन्मेन्टको एकल ब्यानरमा निर्माण भएको चलचित्रमा वसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना, सरस्वती गुरुङ सहनिर्माताको रुपमा छन् ।

आरबी पुनको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रलाई भगवान भुजेलले निर्माण गरेका हुन् ।