घट्यो सुनको मुल्य

न्युजलय १९ पुस २०८०, बिहिबार ११:५४ मा प्रकाशित

काठमाडौँ । सुनको मूल्य तोलामै १३ सय रुपैयाँले घटेको छ । बिहीबार(आज) छापावाल सुन प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

तेजावी सुन पनि तोलामा ६ सय रुपैयाँले घटेको महासंघले जनाएको छ । बुधबार तेजावी सुन प्रतितोला १ लाख २० हजार २ सय रुपैयाँमा कारोबार हुँदा आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ९५० रुपैयाँ छ । 

चाँदी पनि तोलामा ३० रुपैयाँले घटेको महास‌ंघले जनाएको छ । आज चाँदी १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ ।