काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। शुक्रबार(आज) प्रतितोला सुनको मूल्य १ लाख ३० हजार रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २ हजार रुपैयाँले बढेर आज प्रतितोला सुनको मूल्य १ लाख ३० हजार रुपैयाँ पुगेको हो।
आज तेजाबी सुन प्रतितोला १ लाख २७ हजार ३ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ।
सुनको मूल्य बढेसँगै चाँदीको पनि बढेको छ। प्रतितोला चाँदी १ हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको छ।