फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी

न्युजलय २४ असोज २०८२, शुक्रबार १२:३६ मा प्रकाशित

 काठमाडौँ । फिलिपिन्सको मिन्डानाओ क्षेत्रमा आज बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएकोपछि  ‘विनाशकारी’ सुनामीको चेतावनी दिइएको छ । 

फिलिपिन्सका तटीय क्षेत्रहरूमा तीन मिटर उचाइसम्मका सुनामीका लहर आउन सक्ने आशंका गरिएको बीबीसीले जनाएको छ ।

भूकम्पको केन्द्र रहेको मिन्डानाओ क्षेत्रदेखि करिब ३०० किलोमिटर टाढा इन्डोनेसियामा पनि सुनामीको चेतावनी जारी गरिएको छ । यो चेतावनी इन्डोनेसियाको उत्तरी सुलावेसी र पापुआ क्षेत्रका लागि दिइएको हो ।

ज्वालामुखी तथा भूकम्प सम्बन्धी संस्थाले तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई तुरुन्तै उच्च क्षेत्र तरी जान आग्रह गरेको छ ।