काठमाण्डौ । भारतले नेपाली चिया आयातमा कडाइ गर्ने भएको छ ।
दार्जिलिङको उच्चस्तरको चियासँग मिसाएर नेपालबाट भित्रिने कम गुणस्तरको चियाले त्यसको विश्वव्यापी ब्रान्डमा असर पुगेको भन्दै भारतले आयातमा कडाइ गर्न लागेको हो ।
भारतको वाणिज्य एवम् उद्योग मन्त्रालयले नेपालबाट भित्रिने सस्तो चियालाई रोक्न नियमहरू लागू गरिसकेको बताएको छ भने संसदको समितिले पनि नेपालबाट चिया आयात गर्दा ‘सर्टिफिकेट अफ ओरिजिन’ का लागि कडा नियमहरू लागु गर्ने गरी दुई देशबीचको सम्झौतामा पुनर्मुल्याङ्कन गर्न सुझावसमेत दिएको छ ।