दमकबाट सात जुवाडे पक्राउ

न्युजलय १३ मङ्सिर २०७८, सोमबार ०९:०३ मा प्रकाशित

काठमाडौं । प्रहरीले झापाको दमकबाट सात जना जुवाडे पक्राउ गरेको छ। दमक ६ फाल्गुनन्द चोकस्थित परदेशी होटलबाट प्रहरीले सोमबार अपराह्न सात जनालाई पक्राउ गरेको हो।

 

पक्राउ पर्नेमा सो होटलका सञ्चालक पवन लिम्बु, भक्तिश्वर देवान, प्रमोद लिम्बु, रमेश महतो, बबिन सुब्बा आङदेम्बे, रूपचन्द्र राई र राजकुमार श्रेष्ठ रहेका छन्।


उनीहरूको साथबाट एक लाख ५७ हजार रूपैयाँ बरामद भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले जनाए।

 

पक्राउ परेकालाई हिरासतमा राखेर जुवा ऐन अन्तर्गत अनुसन्धान थालिएको छ।