घट्यो सुनको भाउ

न्युजलय २५ फाल्गुण २०८२, सोमबार ०४:५७ मा प्रकाशित

काठमाडौँ ।  सोमबार सुनको भाउ घटेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा ३७ सय रुपैयाँले घटेको हो ।

हिजो ३ लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ तोलामा ६५ रुपैयाँले घटेर ५ हजार ४१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।