दार्चुला । डेङ्गी सङ्क्रमणबाट दार्चुलामा एक किशोरीको मृत्यु भएको छ । डेङ्गी सङ्क्रमणबाट महाकाली नगरपालिका–९ दत्तुकी १४ वर्षीया जेलिना चैंसिरको ज्यान गएको हो ।
भदौ ७ गते जिल्ला अस्पताल दार्चुलामा डेङ्गी पोजेटिभ देखिएकी चैंसिरलाई उपचारका लागि भारतको हल्द्वानी लगिएको थियो । उपचारका क्रममा गए राति उनको ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ ।
दार्चुलामा यो वर्ष अहिलेसम्ममा एक सय ९४ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।