सुनको मूल्यमा नयाँ रेकर्ड

न्युजलय ४ बैशाख २०८२, बिहिबार ११:२१ मा प्रकाशित

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य ३ हजार ६ रुपैयाँले बढेर प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला १ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ। बुधबार तोलाको १ हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदी, आज १ हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ ।