सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत ढकालविरुद्ध दुई लाखको भ्रष्टाचार मुद्दा

न्युजलय १९ साउन २०८०, शुक्रबार ०२:२९ मा प्रकाशित

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

उनीविरुद्ध दुई लाख रुपैयाँ बिगो दाबी गर्दै शुक्रवार विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियारका प्रवक्ताले जानकारी दिएका छन् ।

उनका अनुसार ढकाललाई नगरपालिका तथा वडा कार्यालयमा भएको मर्मत सम्भार कार्यको भुक्तानी दिने प्रयोजनको लागि सेवाग्राहीसँग दुई लाख घुस लिइरहेको अवस्थामा असार २२ गते पक्राउ गरिएको थियो । 

ढकालले नगरपालिका र वडा कार्यालयमा विद्युतीय उपकरण एवं सोलारको जडान तथा मर्मत कार्यको भुक्तानी प्रयोजनको लागि सेवाग्राहीसँग दुई लाख घुस लिएका थिए ।