बीपी कोइराला क्यान्सर अस्पतालमा उपचाररत चिनियाँ नागरिक होटेलमा मृत फेला

न्युजलय १६ असार २०८१, आइतबार १२:०३ मा प्रकाशित

चितवन । चितवनको भरतपुरस्थित होटलमा एक चिनियाँ नागरिक मृत फेला परेका छन्। 

बीपी कोइराला क्यान्सर अस्पताल अगाडिको वर्षना होटलमा बस्दै आएका ५६ वर्षीय पियान छाङ्गसिन आज बिहान मृत फेला परेका हुन्।

यही असार १० गतेदेखि सो होटलमा बसेर उनले बीपी कोइराला क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए। उनी आज बिहान होटलको कोठाभित्र मृत फेला परेको प्रहरीले जनाएको छ।

क्यान्सर पीडित छाङ्गसिनको मृत्युको कारण खुलेको छैन। घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।