पूर्व गृहमन्त्री लेखक पक्राउ

न्युजलय १४ चैत २०८२, शनिवार ०६:१० मा प्रकाशित

काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको हो। जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारी निर्णयपछि यो कदम चालिएको हो।

प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, लेखक तथा प्रहरी प्रमुख चन्द्रकुवेर खापुङविरुद्ध फौजदारी अनुसन्धान सिफारिस गरिएको थियो। सोही आधारमा ओलीविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ।

मुलुकी फौजदारी संहिताको दफा १८१ र १८२ अन्तर्गत लापरबाहीका कारण ज्यान गएको कसुरमा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।