खोटाङ । पहिचान पक्षधरहरुले दिक्तेल बजारमा बुधबार प्रदर्शन गरेका छन् । उनीहरुले किरात फोर्सको मार्च पाससहित शुभम फाउन्डेशनबाट सुरु र्याली किरातचोक, बेसक्याम्प, त्रिवेणीचोक, बैंकचोक, भानुचोक हुँदै भवन गैह्रमा कोण गरेका हुन् । प्रदर्शनकारीले मानवअधिकार चोकस्थित जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयको साइनबोर्डमा लेखिएको कोशी प्रदेश मेटाएका छन् ।
कोणसभामा बोल्दै वक्ताहरुले पहिचानको आधारमा नामांकन नगरिए आन्दोलन चर्काउने बताएका छन् ।