झापाको आदर्श सामुदायिक वनभित्र मृत हात्ती फेला

न्युजलय ८ जेठ २०८०, सोमबार १०:२८ मा प्रकाशित

झापा । बुद्धशान्ति गाउँपालिका–३ चर्चाबारीस्थित आदर्श सामुदायिक वन क्षेत्रभित्र पोथी हात्ती मृत फेला परेको छ।

सोमबार (आज) बिहान स्थानीयवासीले हात्ती मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। 

घटनास्थलमा अहिले डिभिजन वन कार्यालय झापा, जिल्ला प्रहरी कार्याल, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरीलगायतको टोली पुगिसकेको छ। 

हात्तीको मृत्युको कारण थाहा हुन सकेको छैन। हात्तीको पोस्टमर्टमका लागि कोशी टप्पु वन्यजन्तु आरक्षबाट पशु चिकित्सकहरुको टोली झापा आउने भएका छन्।