सुनको मूल्यले बनायो नयाँ रेकर्ड

न्युजलय ४ चैत २०८१, मङ्गलबार ११:१७ मा प्रकाशित

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। आज सुनको मूल्य प्रतितोला एक हजार १ सय रुपैयाँले बढेर रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ। सोमबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला दुई हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।