काठमाडौं । प्रेमकथामा आधारित चलचित्र ‘जीवनसाथी’ आगामी शुक्रबारदेखि प्रदर्शनमा आउने भएको छ । निर्माताले नयाँ पोस्टर सार्वजनिक गर्दै चलचित्र माघ १३ गते प्रदर्शन गर्ने जानकारी दिएका हुन् ।
चलचित्रको मुख्य भूमिकामा किशोर खतिवडा, अर्जुन गुरुङ, जयकिसन बस्नेत र सानिया खान छन् । प्रिन्सराज श्रेष्ठ, भरतकुमार मल्ल, दीपक तामाङ लामाको निर्माण रहेको चलचित्र फायर इन्टरप्राइजेज र सिन्का फिल्म प्रोडक्सनले निर्माण गरेका हुन् ।
भरतकुमार मल्लको प्रस्तुति रहेको फिल्म मुलुकबाहिर मलेसिया, फ्रान्स, पोर्चुगल, जापानमा समेत विशेष प्रदर्शन हुने निर्देशक लामाले जानकारी दिए । तामाङ भाषाका दर्जनौं फिल्म निर्देशनपछि लामा नेपाली भाषाको चलचित्रमा अघि बढेका हुन् । वितरकमा आरआर फिल्म्स छ ।