अमेरिकामा ‘आरआरआर’ ले जित्यो उत्कृष्ट फिल्म अवार्ड

न्युजलय २ माघ २०७९, सोमबार ०२:३२ मा प्रकाशित

काठमाण्डौ । हालै एसएस राजामौलीको फिल्म ‘आरआरआर’ को ‘नाटु नाटु’ गीतले अमेरिकामा गोल्डेन ग्लोब अवार्डमा उत्कृष्ट मौलिक गीत मोशन पिक्चरको उपाधि जितेको थियो। 

अब यसै फिल्मले २८ औं क्रिटिक्स च्वाइस अवार्ड जितेको छ। ‘आरआरआर’ ले अमेरिकाको लस एन्जल्समा आयोजित समारोहमा उत्कृष्ट गीत र उत्कृष्ट विदेशी भाषी फिल्मको अवार्ड जितेको हो। फिल्ममा समावेश ‘नाटु नाटु’ ले उत्कृष्ट गीतको अवार्ड जितेको हो।

गोल्डेन ग्लोबपछि ‘आरआरआर’ को यो अर्को उपलब्धी हो। क्रिटिक्स च्वाइस अवार्डले आफ्नो ट्विटर अकाउन्टमा निर्देशक राजामौलीको भिडिओ सेयर गर्दै उक्त जानकारी दिएको छ। 

निर्देशक एसएस राजामौलीको फिल्म ‘आरआरआर’ मा राम चरण, जुनियर एनटिआर र आलिया भट्ट प्रमुख भूमिकामा छन्। यस्तै अजय देवगनले अतिथि भूमिका निभाएका छन्। 

तेलुगू स्वतन्त्रता सेनानीहरू अल्लूरी सीताराम राजू तथा कोमाराम भीमको जिवनीबाट प्रभावित ‘आरआरआर’ लाई दर्शकले अत्यधिक मन पराएका छन्।