घट्यो सुनको मूल्य

न्युजलय २४ पुस २०८०, मङ्गलबार ११:४२ मा प्रकाशित

काठमाडौँ । मंगलबार(आज) सुनको मूल्यमा गिरावट आएको छ ।​ आज तेजाबी र छापावाला सुन प्रतितोला २ सय रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै, आज चाँदीको मूल्य स्थिर छ । सोमबार प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्य कायम छ ।