काठमाडौ । गायक शिव परियारको नयाँ गीत ‘तिमी हौ सबथोक मेरो’ सार्वजनीक भएको छ । गीतको शब्द रचना सागर फुयालले गरेका हुन् भने गीतमा शिव परियारको संगीत र रिदम कँडेलको एरेन्ज छ ।
निकेश खड्काले निर्देशन गरेको गीतको भिडियोमा अभिनेत्री मिरुना मगर र अभिनेता अनुपविक्रम शाही फिचर्ड छन् । यो रोमान्टिक गीतमा मिरुना र अनुपलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।
हरि हुमागाईंले खिचेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् । भिडियोका निर्माता सागर फुयाल हुन् ।