फिल्म ‘के घर के डेरा’को ट्रेलर सार्वजनीक (ट्रेलरसहित)

न्युजलय १४ असोज २०७९, शुक्रबार ०२:१२ मा प्रकाशित

काठमाडौं । कात्तिक ४ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘के घर के डेरा’को ट्रेलर सार्वजनिक गरिएको छ ।

दीपेन्द्र के. खनाल निर्देशित चलचित्र सामाजिक विषयवस्तुमा निर्माण भएको हो । सार्वजनिक ट्रेलरमा दयाहाङ र विपिनका साथमा सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा लगायतका प्रमुख पात्र फिचर्ड छन् ।

फिल्ममा दयाहाङ र सुरक्षा पन्तलाई जोडीको रुपमा प्रस्तुत गरिएको छ भने विपिन कार्कीको जोडीको रूपमा वर्षा राउत छिन् ।

सिंगे लामाको कथा, महेश दवाडीको पटकथा÷संवाद रहेको फिल्ममा आशान्त शर्मा, लक्ष्मी गिरी, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोशिस क्षेत्री, आयुशी ढकाल लगायतको पनि अभिनय छ । 

ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्मको कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन छन् ।

दीर्घ गुरुङको छायाँकन, सूर्य थोकरको द्वन्द्व रहेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका छन् ।