महोत्सवमा दुर्गेशलाई बहिष्कार

न्युजलय १४ फाल्गुण २०७८, शनिवार ०२:०९ मा प्रकाशित

काठमाडौ । गायक तथा मोडल दुर्गेश थापा महोत्सवहरुको बहिष्कारमा पर्न थालेका छन् । उनलाई महोत्सवहरुबाट हटाउन थालिएको छ । चर्चित अभिनेता पल शाहलाई सिध्याउन भन्दै हात धोएरै लागिपरिरहेका थापालाई  ‘सुदूरपश्चिममा प्रादेशिक महोत्सव’बाट हटाइएको हो ।

अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा महोत्सव आज अर्थात १३ देखि २५ फागुनसम्म आयोजना हुन लागेको महोत्सवमा दुर्गेशले सांगीतिक प्रस्तुति दिने कार्यक्रम तय भएको भएता पनि उनको पछिल्लो गतिविधिसहितको अडियो भाइरल बने लगत्तै उनलाई कार्यक्रमबाट हटाइएको आयोजकले जनाएको छ ।