सुनसरी । सुनसरीमा राष्ट्रिय परिचय–पत्र सङ्कलन कार्यक्रम सुुरु भएको छ । इनरुवा नगरपालिका र कोसी गाउँपालिकाबाट विवरण संकलन सुरु भएको हो ।
परिचय–पत्रमा व्यक्तिको नाम, थर, ठेगाना, उमेर, लिङ्ग तथा त्यस्तै अन्य व्यक्तिगत विवरणहरू औंठा छाप, परिचय नम्बर फोटो आदि समावेश गरिनेछ ।
प्रत्येक स्थानीय तहबाट वितरण हुने राष्ट्रिय परिचय–पत्र वितरण कार्यक्रम तथा तथ्याङ्क सङ्कलन कार्यमा सहभागी हुन सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आग्रह गरेका छन् । इनरुवा र कोसीबाट अभियान सुरु गरिएको र चाँडै सबै पालिकाहरुबाट विवरण संकलन गर्ने उनले बताए ।