मुस्लिम संघ सुनसरीको सभापतिमा हारुन अन्सारी चयन

न्युजलय ३३ साउन २०८०, शुक्रबार ०६:२६ मा प्रकाशित

सुनसरी ।  नेपाली कांग्रेसको भातृ संगठन नेपाल मुस्लिम संघ सुनसरीको सम्पन्न अधिवेशनले सभापतिमा सर्वसम्मतबाट हारुन अन्सारी चयन भएका छन् । 

सभापति अन्सारीको नेतृत्वमा २१ सदस्यीय नेपाल मुस्लिम संघको सुनसरी जिल्ला कार्यसमिति गठन भएको नेपाल मुस्लिम संघ कोशी प्रदेश सभापति एवं प्रदेश सांसद इस्राइल मन्सुरीले बताउए ।

कार्यसमितिको पुरुष तर्फका उपसभापतिमा वहाब अन्सारी र महिला तर्फका उपसभापतिमा नजिरा खातुन चयन भएका छन्।  सचिबमा हजरत मन्सुरी, सह–सचिबमा डाक्टर नजाम अन्सारी, कोषाध्यक्षमा नसरुद्दीन मिया, सह–कोषाध्यक्षमा सेराज हुसेन फलाही चयन भएका छन् ।

यस्तै सदस्यहरुमा अकबरी बेगम, नजमा खातुन, जलेशा बिबी, मोलिम अन्सारी, मासुम अलि अन्सारी, जावेद आलम, मन्जुर आलम, इसराफिल रैन,फिरोज आलम, सैय्यब अन्सारी, मुखतार मिया, सेराजुद्दीन अन्सारी, अब्दुल मिया, बसिर मिया, हाफिज लियाकत मिया र इसराइल मन्सुरी  चयन भएको नवनिर्वाचित सभापति अन्सारीले जानकारी दिए ।

नव निर्वाचित सभापति हारुन अन्सारीले नेपाल मुस्लिम संघको अधिवेशनबाट आपूmलाई दिएको जिम्मेवारी सहर्ष स्विकार्दै संघलाई चलायमान बनाउनेतर्फ केन्द्रित हुने बताएका छन् ।

मुस्लिम संघको विधान अनुसार जिल्लामा काम गर्ने र १२ वटै पालिकामा संगठनलाई चुस्त दुरुस्त बनाउने र आएको सल्लाह सुझावलाई आत्मसाथ गरी संघलाई सुधार गर्दै लैजाने उनले बताए ।

सभापति अन्सारीले कसैलाई पनि भेदभाव नगरीकन सबैलाई अवसर प्रदान गर्ने, सहमति, सहकार्य र एकताको मुलमन्त्रलाई कायम गरी मुस्लिम समुदायको हक अधिकार प्राप्तिका लागि आवाज बुलन्द बनाउने कामतर्फ सदैव केन्द्रित हुने समेत बताए ।

नवनिर्वाचित उपसभापति वहाव अन्सारीले नेपाल मुस्लिम संघ सुनसरीमा युवापुस्ताहरुलाई नेतृत्व प्रदान गरेकोले आउने दिनमा नमूना काम गरी संघको नाम उच्च पार्ने गरी चलायमान बनाउनेतर्फ केन्द्रित हुने बताए ।

यस्तै नवनिर्वाचित सचिव हजरत मन्सुरीले कैयो वर्षदेखि संघको अधिवेशन हुन नसकेकाले नेतृत्व परिर्वतन हुन समय लागेको बताउदै नयाँ नेतृत्वले संघलाई अग्रस्थानमा लैजानका लागि सबैसँग हातेमाले गरेर अगाडी बढने बताउए । उनले मुस्लिम समुदायको हरेक समस्यामा मुस्लिम संघले अगुवाई गर्ने समस्या समाधानका लागि अग्रसर हुने समते बताए ।

नेपाल मुस्लिम संघ सुनसरीको अधिवेशनबाट नेतृत्व चयन गर्नका लागि नेपाल मुस्लिम संघ कोशी प्रदेश सभापति एवं कोशी प्रदेशसभा सदस्य इस्राइल मन्सुरीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन भएको थियो ।

समितिको सदस्यहरुमा नेपाल मुस्लिम संघका कार्यवाहक सभापति डाक्टर अताबुल मन्सुरी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारी, भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजाद रहेका थिए ।