इटहरी । तपाईलाई एअरपोर्टसम्म जानु आउनु छ ? वा कतै जानको लागि सवारी साधन भाडामा चाहिएको छ ? कसलाई फोन गर्ने भन्ने अन्योलमा हुनुहुन्छ भने अब अल्मलिनु पर्दैन ।
सुनसरीको इटहरीमा मुख्य कार्यालय राखेर ३६५ ट्रिप सञ्चालनमा आएको छ । जसले एअरपोर्टसम्म पिक एण्ड ड्रपको सुविधा ल्याएको छ भने सुलभ मुल्यमा सवारी साधन भाडामा उपलब्ध गराएको छ । अझ सजिलो के छ भने मोबाइल एपबाटै सवारीसाधन बुक गर्न सकिनेछ ।
कम्पनिका सञ्चालक विरोध पोख्रेलका अनुसार एअरपोर्ट पिक अथवा ड्रपमा यात्रुले दुई वटा अप्सन छान्न पाउनेछन् । जसमा प्राइभेट वा शेयरिङ अप्सन छान्न पाउनेछन् । प्राइभेटमा भाडा केही बढी पर्छ भने शेयरिङमा अर्को यात्रुसँग भाडा बाँडिनेछ । सबै बुकिङ अनलाइन एपबाटै हुने हुँदा यात्रुहरुलाई सहज हुने पोख्रेलले बताए ।
यो एपमा गाडीधनीहरुले आफूलाई रजिष्टर गरेर कमाउनसमेत सक्ने उनले बताए ।
एपको प्रयोगले अत्याधिक बढी मूल्य लिएर यात्रु ठग्ने क्रम रोकिने अर्का सञ्चालक मदन भण्डारी बताउँछन् । यात्रुहरुको सुविधा, सुरक्षा र आर्थिक बचतलाई ध्यान दिइएको उनले बताए । उनले आगामी दिनमा प्लेन, बस टिकटसमेत अनलाइन एपको माध्यमबाट काट्ने व्यवस्था गर्न लागिएको बताए । कोशी प्रदेशबाट सुरु भएको एपको सेवालाई चाँडै नेपालभर विस्तार गरिने उनले जानकारी दिए ।
कम्पनिले टुर प्याकेजहरुको सुविधा समेत दिएको भण्डारीले बताए । उनकाअनुसार नेपाल तथा विदेशका विभिन्न पर्यटकीय स्थलमा टुर प्याकेजमा समेत लाने गरिएको छ ।
एप पाउनको लागि यहाँ क्लिक गर्नुहोस् ।
Adv.