काठमाडौँ । आइतबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । आज सेयर बजार परिसूचक ०.४७ अंकले बढेर २६५५ दशमलव ८५ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा ९० कम्पनीको सेयर मूल्य बढेको छ भने १५७ कम्पनीको सेयर मूल्य घटेको छ । नेप्से परिसूचक बढे पनि आज कारोबार रकममा भने गिरावट आएको छ । आज १३ उपसूचकमध्ये ८ उपसूचकको सेयर मूल्य घटेको छ भने ५ वटा उपसूचकको सेयर मूल्य मात्रै बढेको छ ।
अघिल्लो कारोबार दिन साढे १२ अर्ब माथिको कारोबार भएको बजारमा आज ११ अर्ब ४४ करोड ३२ लाख ७२ हजार ६३६ रुपैयाँ बराबरको कारोबार भएको छ ।