१६ दिने नवजात शिशुको हत्या प्रयास

न्युजलय ९ कार्तिक २०८०, बिहिबार १०:४१ मा प्रकाशित

काठमाडौं । दाङमा १६ दिने नवजात शिशुको हत्या प्रयास गरेको अभियोगमा सुत्केरी आमा पक्राउ परेकी छिन् ।


लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्ज निवासी २५ बर्षिया निरम चौधरीलाई आफ्नै नवजात शिशुको हत्या प्रयास गरेको आरोपमा वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको हो । 


बुधबार दिउँसो उनले घरमा कोही नभएको अवस्थामा तरकारी काट्न प्रयोग गरिने चक्कुले घाँटीमा प्रहार गरेको पाइएको छ ।


घाइते बच्चाको उपचारको लागि लमही अस्पतालमा लगिए पनि उपचार त्यहाँ सम्भव नभएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको छ । 

सुत्केरी आमाले आफैंले जन्मदिएको शिशुको हत्या प्रयास किन गरिन भन्ने बारेमा खुल्न बाँकी छ । केही दिनदेखि झोक्रिने, टोलाउने जस्ता समस्या आमामा देखिएको थियो । थप अनुसन्धान भईरहेको जनाइएको छ ।