आइतबार इटहरीमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

न्युजलय २६ पुस २०८२, शनिवार ०८:४० मा प्रकाशित

इटहरी । सधैंका वर्षहरुमा झैं यो वर्ष पनि इटहरीमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइने भएको छ । राष्ट् निर्माता श्री ५ वडामहाराज पृथ्वीनारायण शाहको ३०४औं जन्मजयन्तीको अवसर पारेर दिवस मनाउन लागिएको हो । 


केशव भट्टराईको संयोजकत्वमा बनेको पृथ्वी जयन्ती तथा राष्ट्यि एकता दिवस मुल समारोह समितिले पृथ्वी जयन्ती मनाउन लागेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 


कार्यक्रममा इटहरीका विभिन्न संघसंस्थाहरुको सहभागितामा र्याली गरिने संयोजक केशव भट्टराईले जानकारी दिए । समारोहमा समाजसेवी सरला कायस्थ मुख्य वक्ता रहने साथै पृथ्वी पथ प्रतिष्ठानका संस्थापक अध्यक्ष जयविर सिंह बस्नेत, महेन्द्र बहुमुखी क्याम्पस धरानका पुर्व प्रमुख कुमार बहादुर कार्की, पुर्व भुमिसुधार मन्त्री रामकुमार सुब्बा वक्ताका रुपमा रहेको समेत भट्टराईले बताए ।