पत्रकार जनकऋषि राईद्वारा लिखित ‘कुमार मामा’ धरानको सभागृहमा मञ्चन हुँदै

न्युजलय १९ फाल्गुण २०७९, शुक्रबार ०८:०८ मा प्रकाशित

धरान । तत्कालीन माओवादी द्वन्द्वकाल र जनजातिको जीवनशैलीको कथावस्तु समेटिएको नाटक ‘कुमार मामा’ बुधबारदेखि मञ्चन सुरु भएको छ । 

जनजातिको संस्कृति, जीवन शैली जीवन्त बनाइरहने चाहनालाई नाटकका रुपमा उजागर गर्ने नाटक कुमार मामा धरान ८ स्थिर सभागृह भवनमा मञ्चन भएको हो । आगामी फागुन ३० गतेसम्म मञ्चन हुने नाटकमा बिष्णु मोक्तान, उदय बेघा लिम्बु, सजेस्ट घायल राई, विकास कुलुङ्ग, मान बहादुर, दीपेन्द्र राई, एलिना रुम्दाली, करिश्मा क्षेत्री, एन्जल तामाङको अभिनय रहनेछ । 

रैथाने मौलिक कलासंस्कृति, राज्यसँग जोडिएको र भुईँमान्छेको कथा नाटकमा रहेको निर्देशक बिष्णु मोक्तानले बताए । 

बुधबारदेखि सुरु भएको नाटक मञ्चनमा उल्लेख्य संख्यामा विभिन्न स्रष्टा, राजनीतिज्ञ, कलाकार, साहित्यकार, सामाजिक क्षेत्रका अगुवा व्यक्ति एवं सञ्चारकर्मीहरुको उपस्थिति थियो । कथा ‘कुमार मामा’को लेखक पत्रकार जनकऋषि राई हुन् । 

नाटकहरेक साँझ ४ बजे धरान सभागृह मञ्चन हुन्छ ।