इटहरी । इटहरीको मुख्य चोकमा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।
को १४ प ५२६ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । अन्य केही घाइते भएको बताइएको छ ।
टिपरले ब्याक गरेर मान्छे मारेको भन्दै स्थानीयले कान्छाराम कन्स्ट्रक्सनको ना १ क ९१०७ नम्बरको टिपर तोडफोड गरेका छन् । स्थानीयबासीले नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।
तोडफोड र नाराबाजी हुन थालेपछि प्रहरीले बल प्रयोग गरी भीड हटाएको छ । अहिले इटहरी चोकमा सवारी आवागमन ठप्प भएको छ । सवारी साधनहरुलाई वैकल्पिक बाटोबाट डाइभर्ट गरिएको छ ।