काठमाडौंबाट भारत जाँदै गरेको बस गल्छीमा दुर्घटना, एक जनाको मृत्यु

न्युजलय ८ असार २०८०, शुक्रबार ११:५१ मा प्रकाशित

काठमाडौं । काठमाडौं बाट भारतको राजस्थान जाँदै गरेको यात्रु बस धादिङको गल्छीमा दुर्घटना भएको छ ।

एआर ०६ ई ७०३१ नम्बरको बस शुक्रबार (आज) बिहान गल्छी गाउँपालिका–७ को गल्छी मोडमा अनियन्त्रित भएर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार बसमा ३० जना यात्रुहरू सवार थिए । दुर्घटनामा परेर एक जना बालकको मृत्यु भएको बताइएको छ भने १२ जना घाइते भएका छन् । प्रहरीले घटनास्थलबाट घाइतेहरूको उद्धार गरेर अस्पताल पठाएको छ ।

बस दुर्घटना हुँदा केहीबेर सडक अवरुद्ध भएको थियो ।