काठमाडौँ । मंगलबार सुनको मूल्यमा १ हजार ७०० रुपैयाँले गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने आज पनि केही बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला १५ रुपैयाँले बढ्दै आज ३ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ ।