सुनको मूल्य हालसम्मकै उच्च

न्युजलय २९ मङ्सिर २०८२, आइतबार ११:३० मा प्रकाशित

काठमाडौँ । आइतबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

आइतबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ५८ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । 

शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा दुई हजार दुई सय रुपैयाँले बढेको हो । 

यता, आइतबार चाँदीको भाउ भने घटेको छ । मूल्य घटेसँगै आइतबार प्रतितोला तीन हजार आठ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।