सुनको मूल्य बढ्यो

न्युजलय ४ मङ्सिर २०८२, बुधबार ११:२४ मा प्रकाशित

काठमाडौं । बुधबार सुनको मूल्य २ हजार ८०० रुपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज २ हजार ८०० रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ४२ हजार ३०० कायम भएको छ। 

आज चाँदीको मूल्य पनि वृद्धि भएको छ। महासंघका अनुसार बुधबार प्रतितोला चाँदी  ३ हजार १५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।