तमोर नदीले बगाएर दुई जना मजदुर बेपत्ता

न्युजलय २१ असार २०८०, बिहिबार ०२:५८ मा प्रकाशित

धनकुटा । धनकुटामा तमोर नदीले बगाएर दुई जना बेपत्ता भएका छन् । 

चौबिसे गाउँपालिका–५ मुर्कुते स्थित तमोर कोरिडोरमा सडक निर्माण कार्यमा खटिएको दुई जना कामदारलाई नदिले बगाएको हो । नदीले बगाएर बेपत्ता भएका उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

बुधवार साँझ सडक बनाउने क्रममा अचानक चिप्लिएर तमोर नदीमा खस्दा नदीले बगाएर उनीहरु बेपत्ता भएको प्रहरीले जनाएको छ। हराइरहेकाहरूको अझै खोजी भइरहेको र पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।