प्रधानमन्त्री बालेन्द्र शाहले लिए शपथ

न्युजलय १३ चैत २०८२, शुक्रबार ०१:२८ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले शपथ लिएका छन्।  शुक्रबार मध्याह्न १२ः३४ बजे प्रधानमन्त्री शाहले शपथ लिएका हुन्। 

उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन्।  प्रधानमन्त्री शाहको शपथअघि सात जना ब्राह्मणले शंखनाद गरेका थिए। 

त्यस्तै १०८ बटुकहरूले स्वस्तिवाचन र १६ भिक्षुहरूले अष्टमंगल पाठ गरेका थिए। 

त्यसपछि राष्ट्रपति पौडेलेले शपथ गराएका हुन्। 

शपथ ग्रहण कार्यक्रममा सरकारका उच्च पदस्थहरूको सहभागिता थियो।