मनकामना केवलकारको शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु

न्युजलय १२ जेठ २०८२, आइतबार ०७:१३ मा प्रकाशित

काठमाण्डौँ ।  मनकामना दर्शन गर्न आएका एकजना भारतीय पर्यटकको शौचालयमा लडेर मृत्यु भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केवलकारको स्टेशनमा रहेको शौचालयमा लडेर गुजरात पालनपुरका ६२ वर्षीय मन्नुप्रसाद भट्टको आज मृत्यु भएको हो ।

मुग्लिनस्थित इलाका प्रहरी कार्यालयका अनुसार शौचालयमा लडेर अचेत भेटिएका भट्टलाई उपचारार्थ इच्छाकामना आधारभूत अस्पताल कुरिनटार ल्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

शव परीक्षणका लागि भरतपुर अस्पतालतर्फ लगिएको छ ।