विराटनगर विमानस्थल विस्तार प्राथमिकतामा : मन्त्री आले

न्युजलय २५ मङ्सिर २०७८, शनिवार ०७:२८ मा प्रकाशित

मोरङ । विराटनगर विमानस्थल विस्तारलाई प्राथमिकता दिइएको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बताएका छन् । रोक्का भएको जग्गाको मुआब्जा वितरण चाँडै सुरु गरिने उनले बताए ।

शुक्रबार विराटनगरस्थित विमानस्थलमा पत्रकारसँग बोल्दै मन्त्री आलेले सरकारले बजेटको व्यवस्था गर्दै काम अघि बढाउने बताए । विराटनगर, निजगढ र धनगढी विमानस्थललाई सरकारले प्राथमिकतामा राखेर काम अघि बढाउने तयारी रहेको मन्त्री आलेको भनाइ छ ।