विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका–२ स्थित श्री माध्यमिक विद्यालयका कर्मचारी विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा फेला परेका छन्।
शनिबार (आज) बिहान विद्यालयका लेखापाल ४० वर्षीय मनिल ढकाल शौचालयमा जलिरहेको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
बिहान करिब सात बजे शौचालयबाट उनी चिच्याएको सुनेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार शौचालयमा विषको बोत्तल समेत भेटिएको छ।
जलेर गम्भीर घाइते उनको कोशी अस्पतालमा उपचार भैरहेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।