घट्यो सुनको भाउ

न्युजलय ८ असार २०८०, शुक्रबार ११:१० मा प्रकाशित

  काठमाण्डौ । शुक्रवार(आज)  सुनचाँदीको भाउ घटेको छ । 

आज सुन तोलामा सात सय रुपैयाँले घटेर एक लाख नौ हजार आठ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । तोलामा २५ रुपैयाँले घटेर चाँदी एक हजार तीन सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।