झापामा बढे डेंगी संक्रमित

न्युजलय १९ साउन २०८०, शुक्रबार ०१:०६ मा प्रकाशित

झापा । पछिल्लो समय झापा जिल्लामा डेंगी संक्रमित बिरामीको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । 

श्रावणको दोस्रो सातासम्ममा झापा जिल्लामा २सय ३८ जनामा डेंगी रोगको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका कार्यक्रम अधिकृत जीवन चम्लागाईंले जानकारी दिएका छन ।

झापा जिल्लाका विभिन्न पालिकाहरू र अस्पतालहरूमा ७ सय ३६ जनाको स्वास्थ्य परीक्षण गर्दा सबैभन्दा धेरै कनकाई नगरपालिकामा डेंगी संक्रमणका बिरामीहरू फेला परेको जानकारी प्राप्त भएको छ ।

डेंगी संक्रमणका बिरामी दमक, शिवसताक्षी, गौरादह, भद्रपुर नगरपालिका र बाह्रदशी र गौरीगञ्ज गाउँपालिका बाहेक जिल्लाका अन्य सबै पालिकामा देखिएको बताइएको छ ।