सुनचाँदीको मूल्य स्थिर

न्युजलय २७ मङ्सिर २०८१, बिहिबार ११:३४ मा प्रकाशित

 काठमाडौँ । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ। हिजो बुधबार प्रतितोला दुई हजार रुपैयाँ बढेको सुनको भाउ आज स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। बुधबार प्रतितोला एक हजार नौ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज बिहीबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।