घट्यो सुनको मूल्य

न्युजलय १३ कार्तिक २०८२, बुधबार ११:०३ मा प्रकाशित

काठमाडौं । बुधबार सुनको मूल्य ७ सय रुपैयाँले घटेको छ ।

  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार थियो ।  त्यसैगरी आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ४५  रुपैयाँले बढेर प्रतितोला २ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ ।