दसैंको टिकट बुकिङ असोज २२ देखि खुला

न्युजलय १९ असोज २०८०, शुक्रबार ०९:४३ मा प्रकाशित

काठमाडौं । दसैंको लागि असोज २२ गते देखि टिकट बुकिङ खुला हुने भएको छ ।


भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शुक्रबार भएको सर्वपक्षीय छलफलमा उक्त निर्णय गरिएको हो । 


अग्रिम टिकट बुकिङ भए सँगै यात्रुको चाप हुने स्थानमा सहायता कक्ष निर्माण गरिने तथा टिकट बिक्रीको अनुगमन तिव्र गरिने विभागले जनाएको छ । 


असोज २८ गते घटस्थापना रहेको छ भने कार्तिक ७ गते दसैंको टीका रहेको छ । दसैं मनाउन करिब १० लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ ।