मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

न्युजलय २६ फाल्गुण २०८२, मङ्गलबार १२:४९ मा प्रकाशित

सप्तरी । राजगढ गाउँपालिका–५ मलेखपुर बस्ने २७ वर्षीया पञ्चाङ सदाको मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । 

सोमबार दिउँसो करेन्ट लागेर गम्भीर घाइते भएकी उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।