बराहक्षेत्रमा २ सय २५ केजी गाँजासहित २ जना पक्राउ

न्युजलय २ बैशाख २०८३, बुधबार १२:५९ मा प्रकाशित

 सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित सप्तकोशी नदी किनारबाट २ सय २५ किलोग्राम गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गएराति विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा प्लास्टिकका ९ वटा बोरामा लुकाई–छिपाई राखिएको अवस्थामा २ सय २५ किलोग्राम गाँजा बरामद गरेको हो । 

सोही क्रममा बराहक्षेत्र नगरपालिका–६ का विशेष माझी र रोशन श्रेष्ठलाई को ३० प ९४७५ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

गाँजा सहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।