‘धुर्मुस–सुन्तली’को वेब फिल्म ‘म त मर्छु कि क्या हो’ युट्युबमा (भिडियोसहित)

न्युजलय ११ असार २०८०, सोमबार ०५:०० मा प्रकाशित

काठमाडौं । सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को जोडीले वेब फिल्म ‘म त मर्छु कि क्या हो’ युट्युबमा सार्वजनिक भएको छ । ‘धुर्मुस सुन्तली’युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । 


कोरोना कहरको समयमा चितवन आसपासमा खिचिएको यो फिल्म ओटिटी प्लेटफर्म ओहो मुभिजमा राखिएको थियो । 


फिल्ममा सीताराम र कुञ्जनालाई धुर्मुस र सुन्तलीकै भूमिकामा देख्न पाइनेछ । फिल्ममा उनीहरूसँगै रवि गिरी, बुद्धि तामाङ, विजय बराल, पल्पसा डंगोल, बलदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य र सुशिला थापाको अभिनय रहेको छ । यसमा लेखन तथा निर्देशन धुर्मुस र सुन्तली स्वयंमले गरेका हुन् ।