देउवालाई मात्र दोष लगाएकोमा लक्ष्मी खतिवडा महामन्त्रीहरुसँग रुष्ठ

न्युजलय ३ साउन २०८०, बुधबार ०५:३२ मा प्रकाशित

काठमाडौ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडा पार्टीका महामन्त्रीहरूको विपक्षमा उभिएकी छिन् । फराकिलो भएर अघि नबढे महामन्त्रीहरुको विकल्प खोजिने चेतावनी दिएकी छिन् ।


महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा कांग्रेसलाई बलियो बनाउने उद्देश्यका साथ अघि बढे साथ दिन तयार रहेको बताउँदै त्यसो गर्न नसके महामन्त्रीहरुको विकल्प खोजिने चेतावनी दिएकी हुन् । सभापती शेरबहादुर देउवालाई मात्र दोष दिएकोमा उनको असन्तुष्टी थियो ।


उनले सबैलाई समेट्ने गरी अभियान चलाउन आग्रह गर्दै भनिन्, ‘तपाईंहरूले दायरा फराकिलो बनाउनुभएन भने तपाईंहरूको विकल्प पनि हामीले खोज्नुपर्ने अवस्था नआओस् ।’