सुनसरी । सहकारी प्रशिक्षालय इनरुवा सुनसरीको आयोजनामा ६ दिने आधारभूत सहकारी लेखापालन तालिम शनिबार इनरुवामा सम्पन्न भएको छ ।
मंसिर १३ गते देखी सुरु भएको तालिममा प्रदेश नं.१ का इलाम, ताप्लेजुङ्ग, धनकुटा, उदयपुर, भोजपुर, मोरङ्ग र सुनसरीका १३ जना महिला सहित ९ जना पुरुषको सहभागीता रहेको तालिम प्रशिक्षक नरेन्द्र पराजुलीले जानकारी दिए ।
तालिमा ७ वटा बचत तथा ऋण सहकारी, ३ वटा वहुउद्धेश्य, ७ वटा कृषि सहकारी र ताप्लेजुङ्गको फुलवारी ग्रामिण विधुत सहकारी संस्था सहित १८ वटा सहकारी संस्थाको सहभागिता रहेको थियो ।
व्यवस्थापक, लेखा समिति र सञ्चालकहरुको सहभागिता रहेको तालिमको सहजिकरण प्रशिक्षक नरेन्द्र पराजुलि र एकनाथ दाहालले गरेका थिए ।
तालिममा लेखाको परिचय, अवधारण र उद्धेश्य, सहकारी खाताहरुको परिचय र हिसाव , गोश्वरा भौचर लगायतको खातामा प्रविष्टी, भौचर सायोजन र स्थिति विवरण वारे शैद्धान्तिक र प्रयोगत्मक अभ्यास गराएको सहभागी निमा बस्नेतले बताइन् ।
समापन कार्यक्रममा बोल्दै सहभागी केशव राई, हिरण्य निरौला, इन्द्र बहादुर दाहाल र खेम कुमारी न्यौपानेले तालिमले सहकारी सञ्चालनमा ठुलो सहयोग पुग्ने बताएका थिए ।