सुनको मूल्य घट्यो

न्युजलय १३ जेठ २०८२, सोमबार १२:०६ मा प्रकाशित

काठमाडौं । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो ।  

यो गिरावटसँगै आज सुनको कारोबार प्रतितोला १ लाख ९१ हजार १ सय रुपैयाँ कायम भएको छ ।  

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ ।